शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

उपत्यकामा १,०९३ सहित देशभर थप ४,३६९ जनामा कोरोना पुष्टि, १०९ जनाको मृत्यु, ६,२०५ डिस्चार्ज

१६ जेष्ठ, २०७८ १७:१४ मा प्रकाशित

511 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ९३ जनासहित देशभर थप ४ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ११३ जना, ललितपुरमा १७६ जना र काठमाडौंमा ८०४ जना गरी उपत्यकामा १ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको हो। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ४ लाख ४० हजार ९५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ लाख ८ हजार ८९७ जना संक्रिय संक्रमित छन् । ७६३ जना क्वारेन्टाईनमा रहेका छन् । ७ हजार ५६३ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १ लाख १ हजार ३३४ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ५४५ जना आईसियुमा भर्ना भएका मध्य ४०७ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १०९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार २७२ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्याको अभाव भएकाले जनतालाई संवेदनशील बन्न मन्त्रालयले अनुरोध गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome