मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्न शिक्षा मन्त्रालयको ७ निर्णय

१५ श्रावण, २०७७ ०८:४५ मा प्रकाशित

701 पटक पढिएको

ministry of education science and technology nepal

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्ने सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे निर्णय गरेको छ। निर्णयहरु कोभिड-१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालन र सहजीकरण हुनेछ।

जस अनुसार २०७७ भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संघात्मक विवरण संकलन गर्नुपर्ने, शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए त्यस भन्दा अघि नै नतिजा प्रकाशन गर्नुपर्ने रहेको छ।

नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ शिक्षक विद्यालय पुगिसक्ने व्यावस्था मिलाउने तथा सकेसम्म विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने र क्वारेन्टिन तथा आइसोलेसनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ।

विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचना नराख्न सरोकारवालालाई अनुरोध गर्ने निर्णय पनि मन्त्रायले गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome