बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

थप ६,८२५ जनामा कोरोना पुष्टि, ७५ जनाको मृत्यु, ५,९०४ डिस्चार्ज

२० जेष्ठ, २०७८ १८:२० मा प्रकाशित

257 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ९०४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ४ लाख ६७ हजार ४६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ लाख १ हजार ८३९ जना संक्रिय संक्रमित छन् । ८३१ जना क्वारेन्टाईनमा रहेका छन् । ६ हजार ९३० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ९४ हजार ९०९ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ४४४ जना आईसियुमा ३९८ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ७५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome