बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

मोरङमा फर्निचर उद्योग र होटलमा आगलागी हुँदा ७० लाखको क्षति

२० जेष्ठ, २०७८ १८:२८ मा प्रकाशित

767 पटक पढिएको

fire engulfs hotel and furniture in morang

काठमाडौं – मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको एउटा फर्निचर उद्योग र होटलमा बिहीबार आगलागी भएको छ । आगोले जलेर उद्योग र होटल खरानी हुँदा ७० लाख बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

रंगेली नगरपालिका–२ मंगलबारेका राजेन्द्र शर्माले सञ्चालन गरेको फर्निचर उद्योगबाट बिहान ९ बजेदेखि आगलागी सुरु भएको थियो । फर्निचर उद्योगबाट सुरु भएको आगोले बद्रीकुमार कार्कीले सञ्चालन गरेको होटलमा पनि क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार फर्निचर उद्योगबाट सुरु भएको आगोले उद्योगसहित त्यहीँ रहेको होटल पूर्ण रूपमा ध्वस्त बनाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण उद्योग र होटल दुवै बन्द थिए । बन्द अवस्थामा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने राईले बताए।

आगोले फर्निचर उद्योगमा ६० लाख बराबरको र होटलमा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको डीएसपी राईले बताए । उनले घटनाका बारेमा अनुसन्धान थालिएको जनाए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome