मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

यातायात कार्यालय विराटनगरमा दलालको बिगबिगी : नक्कली भौचर बनाएर ठगी

१५ श्रावण, २०७७ ०९:०६ मा प्रकाशित

566 पटक पढिएको

transport management office biratnagar

विराटनगर – यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा दलालीको काम गर्दै आएकाले नक्कली बैंक भौचर बनाएर ठगी गरिरहेको घटना सार्वजनिक भएको छ। यसरी ठगी धन्दा चलाउनेहरुमा विराटनगर महानगरपालिका ४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम रहेका छन्। प्रहरीका अनुसार उनीहरु नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने बाहनामा केही समयदेखि उक्त कार्यालयमा दलालीको काम गर्दै आएका युवाहरु हुन्।

आर्थिक वर्ष २०७६/०७७ को सवारी साधनको कर तिर्ने क्रममा नक्कली भौचर बनाएर काम गराएको पाइएको भन्दै उनीहरुविरुद्ध यातायात व्यवस्था कार्यालयले प्रहरीमा जाहेरी दिएको छ। दुवै जनालाई पक्राउ गरेर ठगी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये ठगी धन्दामा विशेष गरेर चौधरीको संलग्नता देखिएको छ’ उनले भने ‘तर यातायात कार्यालयले किटानी जाहेरी दिएपछि दुवै जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको छ।’ चौधरीले आफूले मात्रै यातायात कार्यालयमा नक्कली भौचर बनाएर एक लाख ५० हजार रुपैयाँ भन्दा बढी ठगी गरिसकेको बताएको प्रहरीका एक अधिकारीले जानकारी दिए।

आर्थिक कारोबार आफै नगर्ने कार्यालयले नयाँ सवारी साधन पास गर्दा र सवारीको कर तिर्दा प्रभु बैंकमार्फत कारोबार गर्ने गरेको छ। पास गर्दा र कर तिर्दा लाग्ने शुल्क बैंकमा बुझाएको भौचर सवारी धनीले पेश गरिसकेपछि यातायातले त्यही भौचरका आधारमा कार्य सम्पादन गर्ने गरेको छ। तर दलालीको काम गर्नेहरुले चाँडो काम सक्न सहयोग गर्नेलगायतका बहानामा सवारी धनीसँग निश्चित पैसा लिँदै बैंक भौचर भर्नेदेखि लिएर यातायातसँग सम्बन्धित अरु काम गरिदिने गरेका छन्।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका अधिकृत नवराज गिरीले रकमको हिसाब नमिलेपछि खोजी थाल्दा दलालको ठगी धन्दा पत्ता लागेको बताए। उनकाअनुसार एउटा मिनी ट्रकको कर तिर्ने क्रममा पक्राउ परेका मध्ये चौधरीले ठगी गरेको खुलेको छ। त्यही क्रममा बैंक कर्मचारीसँग मिल्ने अक्षर भौचरमा भरेर ठगी गर्ने गरेको पाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome