बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

बुबाको किरियामा बसेका दम्पतीको आगलागीबाट मृत्यु

२१ जेष्ठ, २०७८ १७:११ मा प्रकाशित

652 पटक पढिएको

fire

काठमाडौं – मादी नगरपालिका–५ च्याङरिङमा आगलागीबाट बुबाको किरियामा बसेका एक दम्पतीको मृत्यु भएको छ । आगलागीमा परेर किरियापुत्री बसेका च्याङ्रिङका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद दाहालले बताए ।

बुबाको किरियामा बसेका दम्पतीको आगलागीमा परेर गयराति १ बजे मृत्यु भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लाने क्रममा बाटैमा मृत्यु भएको वडा अध्यक्ष दाहालले बताए । उनकी श्रीमती घटनास्थलमै मृत्यु भएको थियो । सात दिन अघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरियामा बसेका थिए । मृतक दम्पती किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घरतर्फ गएको थिए ।

निकै बेर नफर्किएपछि खोजी गर्ने गर्दा घरमा आगलागी भएको देखेपछि स्थानीयले ढोका फोरेर उनीहरुको खोजी गरेको आफन्तले बताए । ढोका फोडेर हेर्दा राजेन्द्रबाबु आगोमा परेर जलेका थिए भने श्रीमती कमला जलेर मृत अवस्थामा फेला परेको अवस्थामा फेला पारेका थियो ।

ढोका लगाएको अवस्थामा आगालागि भएकाले आत्महत्या भएको हुन सक्ने वडा अध्यक्ष दाहालको भनाई छ । बुबाको काजकिरियाका लागि चार छोराबुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome