बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

थप ६,६५३ जनामा कोरोना पुष्टि, १०१ जनाको मृत्यु, ८,६६३ डिस्चार्ज

२१ जेष्ठ, २०७८ १७:२२ मा प्रकाशित

498 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ४ लाख ७६ हजार १३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ९७ हजार ६९९ जना संक्रिय संक्रमित छन् । ७५५ जना क्वारेन्टाईनमा रहेका छन् । ६ हजार ८०७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ९० हजार ८९२ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ४२२ जना आईसियुमा ४०४ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १०१ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome