बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा १,१३१ सहित देशभर थप ३,४७९ जनामा कोरोना पुष्टि, ६८ जनाको मृत्यु, ६,६३६ डिस्चार्ज

२३ जेष्ठ, २०७८ १६:५३ मा प्रकाशित

435 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १३१ सहित देशभर थप ३ हजार ४७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाभित्र भक्तपुरमा १४६ जना, ललितपुरमा २५४ जना र काठमाडौंमा ७३१ जना गरी थप जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ६३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

देशभर ८९ हजार २१७ जना संक्रिय संक्रमित छन् । ७३१ जना क्वारेन्टाईनमा रहेका छन् । ६ हजार ५१४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ८२ हजार ७०३ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ४४२ जना आईसियुमा भर्ना भएकामध्य ३८१ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ९९ जनाको मृत्यु भएको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

४७ जिल्लामा ५०० सय भन्दा बढी संक्रमित छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome