शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

पदमुक्त गरिएको १२ घण्टा नबित्दै मन्त्रीले छाडे सरकारी निवास

२४ जेष्ठ, २०७८ १७:१८ मा प्रकाशित

465 पटक पढिएको

jitendra sonal

वीरगन्ज – पदमुक्त भएको १२ घण्टा नबित्दै प्रदेश २ का निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आफुले लगाउने लुगाकपडा मात्रै लिएर सरकारी निवास छाडेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले आइतवार राति जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षका सोनल सहितका ४ जना मन्त्रीलाई पदमुक्त गरेका थिए ।

मुख्यमन्त्रीले पदमुक्त गरेको १२ घण्टा पनि नबित्दै निवर्तमान मन्त्री सोनलले सोमवार बिहान पौने ९ बजे, सरकारी मन्त्री निवास छाडेका हुन् ।

मन्त्री निवासबाट आफ्ना कपडालत्ता मात्रै दुई वटा झोलामा राखेर निस्किएका सोनल, आफ्ना सहयोगीका साथ मोटरसाइकलमा जनकपुरस्थित सिटि स्टार होटलमा गएर बसेको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

मन्त्रीका लागि सरकारी गाडीको सुविधा भएपनि सोनल, सहयोगीको मोटरसाइकलमै चढेर मन्त्रीनिवासबाट बाहिरिएका हुन् ।

सर्राफले भने, ‘तत्काल जनकपुरमा कोठा खोज्न सम्भव भएन, त्यही भएर अहिले होटलमा बस्नुभएको छ, कोठा खाजिरहेका छौँ ।’

मन्त्री निवास छाड्नुअघि सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै सोनलले २०७४ फागुन ३ देखि २०७८ जेठ २३ गतेसम्म मन्त्री पदमा रहँदा आफूलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सोनलले आफूसहितका ४ मन्त्रीलाई मुख्यमन्त्री राउतले पदमुक्त गर्ने आइतवार रातिको घटना अनपेक्षित नरहेको प्रतिक्रिया दिएका छन् । पार्टीमा पछिल्लो समय चुलिएको विवादपछि यस्तो अवस्था अपेक्षित नै रहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘केही दिन यता जसरी राजनीतिक घटनाक्रमहरू विकसित भइरहेको छ त्यस हिसाबले यस्तो अवस्था आउनसक्ने हामीले अपेक्षा नै गरेका थियौं ।’

राष्ट्रिय राजनीतिको परिणाम प्रदेश सरकारमा पनि देखिएको भन्दै उनले पार्टी अध्यक्ष महन्थ ठाकुरले लिने निर्णयअनुसार नै आफू अगाडि बढ्ने बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome