मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने

१५ श्रावण, २०७७ ०९:१८ मा प्रकाशित

352 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – कोरोना भाइरसका शंकास्पद व्यक्तिको निगरानी देखि बिरामीको उपचार गराए बापत व्यक्ति, संस्था वा अस्पताललाई अनुदान स्वरुप सरकारले पैसा दिने भएको छ । आज स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

संक्रमण भई घरमै आइशोलेशनमा बस्नेलाई चिकित्सकको निगरानीलाई प्रतिव्यक्ति प्रतिदिन २ सय रुपैयाँ दिने र अति जतिल कोरोना संक्रमितको उपचारको लागि प्रति व्यक्ति प्रति दिन १५ हजार दिने बारे गौतमले जानकारी दिएका हुन् ।

व्यक्ति, संस्था वा अस्पतालले पाउने अनुदान

लक्षण देखिएका र शंकास्पद व्यक्तिको घरमा नै चिकित्सकको निगरानी खर्च प्रतिव्यक्ति प्रतिदिन -रु २००
आइशोलेशनमा बस्ने प्रतिव्यक्ति प्रतिदिन सम्बन्धित सस्था -रु २०००
सामान्य लक्षण भएका जेष्ठ नागरिक र दिर्घ रोगीलाई प्रतिव्यक्ति प्रतिदिन -रु ३५००
मध्यम तथा जटिल बिरामीका लक्षण देखिएका प्रतिव्यक्ति प्रतिदिन -रु ७०००
अति जटिल बिरामीको व्यस्थापन गर्दा प्रतिव्यक्ति प्रतिदिन अस्पताल- १५०००


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome