शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ४,४७२ जनामा कोरोना पुष्टि, ९२ जनाको मृत्यु, ६,९५१ डिस्चार्ज

२४ जेष्ठ, २०७८ १७:५८ मा प्रकाशित

515 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ४ लाख ९७ हजार ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ८५ हजार ५४४ जना संक्रिय संक्रमित छन् । ७ हजार १८० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ७८ हजार ३६४ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ४३४ जना आईसियुमा ३९७ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ९२ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome