शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

स्याङ्जामा जेठ मसान्तसम्म निषेधाज्ञा कायमै

२५ जेष्ठ, २०७८ १८:०२ मा प्रकाशित

822 पटक पढिएको

cdo office syangja

स्याङजा – स्याङ्जामा आउँदो जेठ ३१ सम्मका लागि निषेधाज्ञा लागू गरिएको छ। जेठ २५ गते मध्यरातसम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ मसान्तसम्म पुर्‍याइएको हो।

सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि एटीएम बाहेक बैंकिङ्ग सेवा समेत पूर्णरुपमा बन्द गरिने भएको छ। थप निषेधाज्ञालाई कडाइका साथ लागू गरिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए।

औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको छ। अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनको आग्रह छ।

स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन भने दुई हजार छ सय ६३ जना संक्रमितमध्ये एक हजार दुई सय ९३ सक्रिय संक्रमित रहेका छन्। योसँगै जिल्लामा चौथो पटक निषेधाज्ञा थप भएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome