शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

संसद् पुनर्स्थापना हुने प्रचण्डको विश्वास

२५ जेष्ठ, २०७८ १८:०४ मा प्रकाशित

499 पटक पढिएको

pushpa kamal dahal prachanda

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्।

पुस ५ मा भएको विघटनविरुद्ध लडेर संसद्‍ फिर्ता ल्याएको भन्दै प्रचण्डले यसपटक नांगो रुपमा विघटन भएको संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका हुन्।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘अदालतले हेर्ने भनेको संविधान हो’, कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले पुस ५ मा संसद विघटन गरे, त्यो हामीले लडेर फिर्ता ल्यायौँ। अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ। यो पुनर्स्थापना हुन्छ।’

प्रचण्डले संसद पुनर्स्थापना भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको सरकार बन्नेसमेत बताएका छन्। संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दल एक ठाउँमा उभिएको भन्दै प्रचण्डले केपी ओलीले माओवादीलाई एक्ल्याउने प्रयास गरे पनि त्यो असम्भव रहेको बताए।

पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा ढुलमुले चरित्रमा रहेको कांग्रेसले अहिले प्रतिगमन भनेको भन्दै प्रचण्डले विपक्षी गठबन्धनमा उपेन्द्र यादव र माधव नेपाल सँगसँगै रहेको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome