बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

सुनको मूल्य लाख नजीक, किन्ने भन्दा बेच्ने धेरै

१५ श्रावण, २०७७ ०९:२१ मा प्रकाशित

224 Views पटक पढिएको

gold price in nepal

काठमाडौं – नेपालमा पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम राख्दै गएको छ ।मंगलबार तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको कारोबार मूल्य हालसम्मकै सबै भन्दा बढी हो ।

सुनको मूल्यले नयाँ रेकर्ड राख्दै जाँदा बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ४५ रुपैयाँ रहेको थियो ।

सुनको मूल्य बढ्दै गएपछि लकडाउन खुकुलो भएयता सुन किन्ने भन्दा बेच्नेहरु बढदै गएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome