बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा ९१५ सहित देशभर थप ४,३४४ जनामा कोरोना पुष्टि, ८१ जनाको मृत्यु, ५,७६८ डिस्चार्ज

२६ जेष्ठ, २०७८ १७:४३ मा प्रकाशित

404 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१५ जनासहित देशभर थप ४ हजार ३४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार काठमाडौं उपत्यकामा मात्र ९१५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

देशभर ८० हजार ३३६ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १०८ जनाको मृत्यु भएको छ।

४६ जिल्लामा ५ सय भन्दा बढी संक्रमित रहेका छन् ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome