बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

थप ३,७४९ जनामा कोरोना पुष्टि, ५९ जनाको मृत्यु, ५,२९३ डिस्चार्ज

२७ जेष्ठ, २०७८ १९:१३ मा प्रकाशित

314 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ५ लाख १५ हजार ५९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ७७ हजार ८५८ जना संक्रिय संक्रमित छन् । ५ हजार ६८० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ७२ हजार १७८ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार २६१ जना आईसियुमा ३८२ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome