शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

माओवादी केन्द्र जसपा नेतृत्वको सरकारमा सहभागी नहुने

२७ जेष्ठ, २०७८ १९:३४ मा प्रकाशित

731 पटक पढिएको

province 2 nepal

जनकपुर – जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ।

प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारमा सहभागी भएको प्रदेशसभा सदस्य जगत यादवले जानकारी दिए।

माओवादी केन्द्रबाट वार्ताका कार्यदलमा सदस्य रहेका प्रदेशसभा सदस्य यादवले दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भए पनि एक मन्त्रालय मात्र दिने भनेपछि सरकारमा नजाने निर्णए दिएका हौं।

‘मुख्यमन्त्री लालबाबु राउतले दुईवटा मन्त्रालय दिने सहमति गरेको थियो, तर अहिले कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय मात्र दिने भनेपछि सरकारमा जानु औचित्य नहुँदा बाहिरिएका हौं’, उनले भने।

सुरुमा उद्योग तथा पर्यटन र महिला तथा खेलकुद मन्त्रालय दिने अनौपचारिक निर्णय भएको थियो। केही समयमै दुई मन्त्रालय दिन नसक्ने बाताएपछि माओवादी केन्द्र सरकारमा सहभागी नभएको हो।

‘सुरुमा दुई मन्त्रालय दिने कुरा थियो। पछि दुई मन्त्रालय दिन सक्दैनौं, तपाईहरु कानुन तथा प्रदेशसभा मन्त्रालय अहिलेलाई लिनुस् र एक डेढ महिनापछि मन्त्रालय मिलाउँला भनेपछि हामीले लिखित सहमति खोज्यौँ’, उनले भने, ‘तर वहाँहरु अनौपचारि रुपमै सहमतिको प्रस्ताव गरेपछि हामी बैठकबाट बाहिरियौं।’

जसपा र लालबाबु राउत नेतृत्वको सरकारले सहमति एउटा र कुरा अर्को अपमानजनक व्यवहार भएकाले सरकारमा जानुको औचित्य नरहेको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome