मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

थप ३,७५० जनामा कोरोना पुष्टि, ६७ जनाको मृत्यु, ५,२२५ डिस्चार्ज

२८ जेष्ठ, २०७८ १७:१८ मा प्रकाशित

318 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ५ लाख २० हजार ८१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ७५ हजार २७५ जना संक्रिय संक्रमित छन् । ५ हजार ५८९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ६९ हजार ६८६ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार १८९ जना आईसियुमा ३६६ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ६७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome