आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

प्रधामन्त्रीको हत्या गर्ने धम्की दिने सांसदलाई कारवाही हुनुपर्छ : शाक्य

२९ जेष्ठ, २०७८ १६:३८ मा प्रकाशित

432 पटक पढिएको

ajay kranti shakya

काठमाडौं – बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

यस्तो माग गर्ने सांसदहरुमा डा. अजयक्रान्ति शाक्य लगायत छन् । ‘आजको बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन । उनलाई हदैसम्मको कारवाही गर्न माग गर्छौँ ।’

प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे बहसमा वैद्यले छलफल भन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति अराजकताको पराकाष्ट भएको पनि सांसदहरुको भनाइ छ ।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सांसद वैद्यको व्यक्तिगत अभिव्यक्ति हो कि कांग्रेसकै आधिकारिक धारणा हो प्रष्ट पर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ शाक्यले भने, ‘सांसद वैद्यले ‘महात्मा गान्धीको हत्यारा नाथुराम विनायक गोड्से बन्न कोही तयार छैन भने म बन्छु’भनी दिएको अभिव्यक्ति भर्त्सनायोग्य छ ।’

सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउन विभिन्न किसिमको हतकण्डा अपनाइरहेको भन्दै नेपालको अहिलेको परिप्रेक्षमा नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिएका थिए । ‘नेपालको अहिलेको परिप्रेक्षमा खड्क ओलीलाई यसरी नै छाड्ने हो भने नेपाल खाइदिन्छ है, खाइदिन्छ है,’वैद्यले भने, ‘त्यसैले मेरो आग्रह चाँहि कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब, यो देश बचाउनका लागि कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्छु ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome