आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

युरो कपको पहिलो खेलमा इटलीको शानदार जित

३० जेष्ठ, २०७८ १०:०९ मा प्रकाशित

803 पटक पढिएको

euro cup 2021 italy vs turkey

काठमाडौं – इटलीले युरोकप २०२० मा शानदार सुरुवात गर्दा अहिलेसम्मकै ठूलो जित हात पारेको छ । घरेलु मैदान रोमस्थित ओलम्पिया स्टेडियममा भएको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको हो ।

एक पटकको च्याम्पियन इटलीले युरोकपमा एकै खेलमा दुई भन्दा बढी गोल गरेको यो पहिलो हो ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि इटलीले सबै गोल दोस्रो हाफमा गरेको थियो । सिरो इम्मोबाइल र लरेन्जो इनसिग्नेले इटलीका लागि गोल गरे । अर्को गोल भने उपहार पाएको थियो ।

युरोकप २०२० को पहिलो गोल भने आत्मघाती रह्यो । खेलको ५३औं मिनेटमा मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि इटलीले अग्रता बनायो । ६६औ मिनेटमा इम्मोबाइलले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । यस्तै इनसिग्नेले ७९औं मिनेटमा गोल गरे ।

यसअघि इटली र टर्कीबीच २००० मा भएको खेल इटलीले जितेको थियो । समूह ए अन्तर्गत खेलमा जितपछि इटलीले ३ अंक जोडेको छ ।

यस्तै इटलीले अपराजित यात्रालाई २८ खेलसम्म पुर्‍याएको छ । सन् २०१८ सेप्टेम्बरयता पोर्चुगलसँग हारेयता इटली पराजित भएको छैन । यसक्रममा इटली २३ खेल जित्दा ५ बराबरी खेलेको छ । यस्तै वर्ष २०२१ मा इटलीले अहिलेसम्म गोल व्यहोरेको छैन ।

इटलीले पछिल्लो ९ खेल जित्दा कुनै गोल व्यहोरेको छैन ।

पहिलो पटक ११ देशमा आयोजना भएको युरोकपमा इटलीले समूका बाँकी दुई खेल पनि घरेलु मैदानमै खेल्नेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome