आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

वेल्स र स्विट्जरल्याण्डबिच १-१ को बराबरी

३० जेष्ठ, २०७८ १०:१३ मा प्रकाशित

1133 पटक पढिएको

wales vs switzerland euro cup 2021

काठमाडौं – युरोकपअन्तर्गत हिजो भएको पहिलो खेलमा वेल्स र स्विट्जरल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

अजरवैजानको बाकु ओलम्पिक स्टेडियममा भर्खरै सकिएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ४९औं मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । एम्बोलेले जेर्दान शाकिरीको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । त्यसअघि एम्बोलोकै प्रहार वेल्सका गोलकिपर डानी वार्डले उच्कृष्ट बचाउ गरेका थिए ।

तर ७४औं मिनेटमा किएफर मुरले वेल्सका लागि बराबरी गोल फर्काए । उनले जोए मोरेलको पासमा गोल गरे ।

८६औं मिनेटमा स्विट्जरल्याण्डका वैकल्पिक खेलाडी मारियो गाभ्रानोभिकले गोल गरेपनि भिएआरको सहायतामा रेफ्रीले अफसाइड दिएको थियो ।

बराबरीपछि समूह एमा दुवै टिमले समान १ अंक जोडेका छन् । यसअघि समूह्यको पहिलो खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको थियो ।

अब वेल्सले टर्की र स्विट्जरल्याण्डले टर्कीसंग खेल्नेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome