शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

क्रिस्टियन एरिक्सन मैदानमै ढलेपछि अस्पताल भर्ना

३० जेष्ठ, २०७८ १०:१८ मा प्रकाशित

264 पटक पढिएको

christian eriksen collapses on pitch

काठमाडौं – यूरो २०२० गेम अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच प्रतिष्पर्धाको क्रममा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

पार्केन स्टेडियममा जारी खेलको ४२ मिनेटमा एरिक्सन आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि बढ्ने क्रममा अचानक भुइँमा लडेपछि घाइते भएका थिए । १५ मिनेटसम्म खेल मैदानमै उनको उपचार प्रयास गरिए पनि अवस्था गम्भीर भएपछि अस्पताल नै लैजानु परेको थियो ।

एरिक्सन बेहोस भएर मैदानमै ढलेपछि खेल रोकिएको थियो र युइएफएले तत्कालका लागि खेल स्थगित गरेको थियो ।

एरिक्सनलाई मैदानमै सीपीआर दिइएको थियो । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर हस्पिटल लगियो । उनको अवस्था स्थिर भएपछि दुवै टिमलाई खेल फेरि सुरु गर्न प्रस्ताव गरेको यूइएफएले जनाएको थियो ।

एरिक्सन मैदानमा बेहोस् हुँदा उनलाई टिममेटहरु क्यामेराबाट छेकेका थिए । उनको अवस्थाको भिडियो पनि दोहोर्‍याएर देखाइएन । डेनिस फुटबल संघले एरिक्सनको अवस्था स्थिर भएको जनाएपछि खेल भएको थियो ।

युरोकप डेब्युमै फिनल्याण्डको जित

युरोकप २०२० मा डेनिस खेलाडी क्रिस्टियन एरिक्सम मैदान ढलरेर बेहोस् भएको खेलमा फिनल्याण्डले भने डेब्यु प्रतियोगिताको पहिलो खेलमै जित हात पारेको छ ।

१६औं संस्करणअन्तर्गत शनिबार राति भएको समूह बी को खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले पराजित गरेको हो । डेनमार्को लागि कुनै कुरा आफ्नो पक्षमा रहेन । घरेलु मैदानमै खेलेको डेनमार्कको महत्वपूर्ण खेलाडी मैदानमै बेहोस् हुनु, पेनाल्टीमा गोल गर्न चुक्नु र खेल पनि गुमाउनु पर्‍यो ।

पहिलो पटक युरोकप खेलिरेको फिनल्याण्डको लागि जोएल पोहनपालोले ५९औं मिनेटमा गोल गरेका थिए ।

डेनमार्कले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो । खेलको ७४औं मिनेटमा डेनमार्कका पिएरे एमिल होजवर्गको पेनाल्टी प्रहार फिनिस गोलकिपरले बचाए ।

पहिलो खेलमै जित हात पारेको फिनल्याण्डले ३ अंक जोड्दा सन् १९९२ को च्याम्पियन डेनमार्कले घरेलु मैदानमै हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome