शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

लुकाकुको दुई गोलसँगै रुस बेल्जियमसँग ३-० ले पराजित

३० जेष्ठ, २०७८ १०:२४ मा प्रकाशित

819 पटक पढिएको

belgium in euro 2021

काठमाडौं – रोमेलु लुकाकुको दुई गोलको मद्दतले बेल्जियमले युरो कप २०२१ मा रुसलाई ३-० ले पराजित गरेको छ । समूह बी अन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुवै हाफमा एक/एक गोल गरेका थिए ।

विश्व नम्बर एक बेल्जियमका लागि अर्को गोल थोमस मुनिएले गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । गोलपछि लुकाकुले अघिल्लो खेलमा मैदानमै बेहोस भएका डेनिस खेलाडी तथा इन्टरका सहमर्की क्रिस्टियन एरिक्सनलाई गोल समर्पण गरेका थिए ।

फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर मैदानमा बेहोस भएर ढलेका एरिक्सन खतरामुक्त रहेको जनाइएको छ ।

खेलको ३४ औं मिनेटमा थोमस मुनिएले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

खेल सकिन दुई मिनेटअघि लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए ।

जितपछि बेल्जियमले समूह बी मा ३ अंक जोडेको छ । रुसले हारबाट प्रतियोगिता सुरु गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome