शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप २,४०७ जनामा कोरोना पुष्टि, ४६ जनाको मृत्यु, ३,९९४ डिस्चार्ज

३० जेष्ठ, २०७८ २०:०१ मा प्रकाशित

672 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ६५३ जना संक्रमित थपिएका छन् जसममध्य काठमाडौंमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना संक्रमित थपिएका छन्। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ८ हजार ४७२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ५ लाख ३१ हजार १०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ६८ हजार ९५५ जना संक्रिय संक्रमित छन् । ५ हजार २११ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ६३ हजार ७४४ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार १०० जना आईसियुमा ३४७ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ४६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome