शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

चेक रिपब्लिक र स्लोभाकियाको विजयी सुरुवात

१ असार, २०७८ ०८:४५ मा प्रकाशित

219 पटक पढिएको

czech republic vs scotland

काठमाडौं – चेक रिपब्लिकले १६ औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ। ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्यान्डलाई २–० गोलले पराजित गर्दै चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो।

चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक सिकले दुवै गोल गरे। खेलको ४२औं मिनेटमा प्याट्रिकले हेड गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५२औं मिनेटमा स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सल अघि बढेको मौकामा प्याट्रिकले उत्कृष्ट गोल गर्दै चेक रिपब्लिकलाई सानदार जित दिलाए। उनले मध्य भागबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो।

खेलमा स्कटल्यान्डले पनि गोलका केही अवसर बनाएको थियो। तर, पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो। यस जितसँगै समूह ‘डी’मा रहेको चेक रिपब्लिकले महत्वपूर्ण तीन अंक जोडेको छ। चेक रिपब्लिक समूहको शीर्ष स्थानमा छ। यस समूहमा तीन अंक नै जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ। स्कटल्यान्ड र क्रोएसियाले भने अंक जोड्न सकेका छैनन्।

पोल्याण्ड १ – २ स्लोभाकिया

त्यसैगरी समुह ‘ई’ को हिजो भएको खेलमा स्लोभाकियाले १० खेलाडिमा सिमित पोल्याण्डलाई २-१ ले पराजित गर्‍यो । स्लोभाकियाका लागि पोल्याण्डका गोल रक्षक वोइसिएच सेस्नीले १८ औँ मिनेटमा आत्मघाती गोल गरे भने ६९ औँ मिनेटमा मीलान स्क्रिनियारले अर्को गोल गरे। पोल्याण्डका लागि ४६ औँ मिनेटमा लिनेटिले सन्त्वना गोल गरे। पोल्याण्डका खेलाडी क्रिचोवियाक खेलको ६२ औँ मिनेटमा दोश्रो पहेँलो कार्ड खाँदै मैदान बाट बाहिरिएका थिए।

स्पेन ०-० स्विडेन

त्यसैगरी समुह ‘ई’ को हिजो अर्को खेलमा स्पेन र स्विडेनले गोलरहित बराबरी खेले। ८५% बल पोसेसन राख्दै यूरोपियन च्याम्पिअन्शिप मा ईतिहासमै सर्बाधिक बल पोसेसन को रेकर्ड बनाएपनी स्पेन ले स्विडेन विरुद्ध गोल भने गर्न सकेन।

जित सँगै ३ अंक शाहीत समुह ‘ई’ को अंक तालिकाको शिर्ष स्थानमा छ भने स्पेन र स्विडेन ११ अंक शाहीत दोश्रो र तेश्रो स्थानमा छन्। पोल्याण्ड अंक विहिन हुँदै तालिकाको अन्तिम स्थानमा छ।

आज युरो कपको पहिलो खेलमा समुह ‘एफ’ मा रहेका हंगेरी र पोर्चुगल भिड्दैछन् भने दोश्रो खेलमा फ्रान्स र जर्मनी भिड्दैछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome