बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

वीपी प्रतिष्ठानमा मृत्यु भएका कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा लापरवाही

१५ श्रावण, २०७७ १७:०७ मा प्रकाशित

847 पटक पढिएको

dead body

धरान – वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार निधन भएका एक पुरुषको शव व्यवस्थापनमा लापरवाही गरिएको छ। विराटनगरका ४३ वर्षीय पुरुषको शव उठाउन नेपाली सेनाले चासो नदेखाएका कारण शव व्यवस्थापनमा समस्या भएको प्रतिष्ठानका निर्देशक डाक्टर गौरीशंकर साहले बताए ।

विराटनगरको कोभिड अस्पतालले समन्वय नगरी बिरामी पठाएको र बिरामीको निधन हुँदा समेत शव व्यवस्थापन नगरिनु अत्यन्तै दुःखद र लापरवाही भएको डाक्टर साहले गुनासो गरे ।शव व्यवस्थापन नगरेका कारण मृतकको शव प्रतिष्ठानको आइसोलेसन वार्डमै राखिएको छ ।

रेड्क्रस सुनसरीका सभापति उमेश थापाले तत्काल शव व्यवस्थापन गर्न माग गरेका छ्न् ।शव नउठेकाले प्रतिष्ठानमा दुर्गन्ध फैलिएको र चिकित्सकलाई काम गर्न समस्या भएको प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास साहले बताए । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले शव व्यवस्थापन गर्न शव बहान खोज्ने काम भइरहेको बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome