सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

१ असार, २०७८ १७:०५ मा प्रकाशित

549 पटक पढिएको

kapilvastu

कपिलवस्तु – जिल्लामा जारी रहेको निषेधाज्ञालाई एक हप्ताका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय तौलिहवामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले असार ७ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले शैलुन, व्युटिपार्लर, होटल रेष्टुरेन्ट, शैक्षिक संस्थाहरु, सभा, सम्मेलन र हाट बजार संचालनमा रोक लगाएको छ ।निषेधाज्ञा अवधि पानी, दूध, इन्टरनेट, एम्बुलेन्स, प्रेसलगायतका अतिआवश्यक सेवाप्रदायक सवारी साधन संचालन हुने छन् ।

तर, निजी तथा सार्वजनिक सवारी साधन संचालनमा भने रोक लगाइएको छ ।बिहान ९ बजेबाट खुल्दै आएको किराना तथा तरकारी पसल साँझ ५ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

यसैगरी हार्डवेयर, स्टेसनरी, विउविजन, खाद्यान्नलगायतका पसल पनि साँझ ५ बजेसम्म संचाल नहुने छन् । कृषिकार्यका लागि निषेधाज्ञा अवधिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी काम गर्न कुनै रोकावट नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञालाई पूर्णरुपमा पालना गराउन जिल्लाका विभिन्न प्रहरी युनिट परिचालन गरिएको प्रहरीले जनाएको छ । निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई नियमअनुसार कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome