बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

सुदूरपश्‍चिमको बजेट ३० अर्व ३३ करोड

२ असार, २०७८ ०८:४६ मा प्रकाशित

290 पटक पढिएको

sudurpaschim province nepal

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्व ३३ करोडको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले चालु आर्थिक वर्षको भन्दा झण्डै तीन अर्व कमको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि ३३ अर्व ३८ करोडको बजेट प्रस्तुत गरे ।

कोरोना महाकारीका बीच आएको बजेटमा यस वर्ष स्वास्थ्य क्षेत्रलाई भन्दा पनि भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिइएको छ । पूर्वाधारमा कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार निर्माणमा विनियोजन गरिएको छ ।

प्रदेश सरकारले पूर्वाधारपछि स्वास्थ्यलाई प्राथमिकता दिएको छ । आगामी वर्षलाई अस्पताल स्तरोन्नती वर्षका रुपमा मनाउने भन्दै कोभिड नियन्त्रणका लागि ९० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले, कृषि, वन, उद्योग शिक्षालाई प्राथमिकता दिए पनि खासै बजेटको आवश्यकता नहुने मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका लागि भने ४ प्रतिशत अथवा झण्डै सवा अर्व बजेट विनियोजन गरेको छ ।

बजेटमा प्रदेशसभा सजाउनका लागि १८ करोड ७८ लाख विनियोजन गरिएको छ । सेती प्रादेशीक अस्पतालमा ट्रमा सेन्टर, डोटीमा अस्पताल भवनका लागि बजेट विनियोजन गरिएको छ ।

मूख्यमन्त्री एकीकृत कृषी कार्यक्रमका लागि १८ करोड, दार्चुला भएर कैलाश मानसरोवर जाने बाटो निर्माणका लागि २० करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को झण्डै साढे ३३ अर्वको बजेटमा पौने ७ अर्व बजेट खर्च हुन सकेन । त्यसअघिको वर्ष पनि १० अर्व बजेट खर्च हुन सकेको थिएन । बढी बजेट विनियोजन हुने र खर्च गर्ने क्षमता कमजोर भएकाले पनि यस वर्ष बजेटको आकार घटाइएको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome