आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगल विजयी

२ असार, २०७८ ०९:१६ मा प्रकाशित

522 पटक पढिएको

ronaldo breaks european record

काठमाडौं – लगातार पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडी बनेका क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

समूह ‘एफ’ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने रफाएल गुरेरोले एक गोल गरे ।

लगातार पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडीसमेत बनेका रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीलाई पछि पार्दै गोल संख्या ११ पुर्‍याए । खेलअघि रोनाल्डो र प्लाटिनीको समान ९ गोल थियो । ८७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए।

बुढापेस्टस्थित पुस्कास एरेनाले घरेलु दर्शकको साथ पाएको हंगेरीले ८३ मिनेटसम्म पोर्गुचललाई गोल गर्नबाट रोकेको थियो । तर पोर्चुगलले खेलाडी परिवर्तन गरेपछि खेलको गति पनि परिवर्तन भयो । ८१औं मिनेटमा प्रशिक्षक फर्नान्डो सान्तोसले डिएगो जोटाको स्थानमा आन्द्रे शिल्भा र विलियम कार्भाल्होको स्थानमा रेनाटो सान्चेजलाई मैदान प्रवेश गराएका थिए ।

८४औं मिनटमा राफेल गुरेइराले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनलाई ७१औं स्थानमा बर्नार्डो शिल्भाको स्थानमा मैदान प्रवेश गरेका राफा शिल्भाले पास दिएका थिए ।

८७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे भने सर्वाधिक गोलकर्ताको कीर्तिमानसमेत बनाए । राफा शिल्भालाई नै हंगेरीका ओर्बानले फाउल गर्दा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरे ।

रोनाल्डोले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले ३-० को जित हात पारेको हो । ग्रुप अफ डेथमा रहेको पोर्चुगलले पहिलो खेल जित्दै ३ अंक जोडेको छ ।

आत्मघाती गोलको सहयोगमा फ्रान्सले जर्मनीलाई हरायो

साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले मंगलबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो ।

समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए ।

म्युनिकमा भएको खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा हुम्ल्सले आफ्नै पोष्टमा गोल गरेक थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

ग्रुप अफ डेथ समूह एफमा यस जितपछि फ्रान्सले ३ अंक जोडेको छ ।

अब अर्को खेलमा फ्रान्सले हंगेरी तथा जर्मनीले पोर्चुगलसँग खेल्नेछ । दुवै खेल जुन १९ मा हुनेछ ।

आज समुह ‘ए’ अन्तर्गत टर्की विरुद्ध वेल्स र इटली विरुद्ध स्विट्जर्ल्याण्ड भिड्दैछन् भने पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत फिन्ल्याण्ड र रुस भिड्दैछन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome