सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

इटहरी उपमहानगरपालिकामा आकस्मिक बाहेक सबै सेवा बन्द

१५ श्रावण, २०७७ १७:२० मा प्रकाशित

452 पटक पढिएको

itahari sub metropolitan city office

इटहरी – इन्जिनियरमा कारोना देखिएपछि इटहरी उपमहानगरपालिकाले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा व्यवस्थापन उच्चस्तरीय समितिको बिहीबार बिहान बसेको बैठकले उपमहानगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले इटहरीको हाटबजार बन्द गर्ने र मुख्य बजार क्षेत्रका पसल निश्चित समयका लागि खुल्ला गर्ने निर्णय गरेको मेयर द्वारिकलाल चौधरीले जानकारी दिए । कुनै कन्ट्याक्ट हिस्ट्र नभएका ती कर्मचारीमा कोरोना देखिएपछि समुदायमा पुगेको अनुमान गरिएको छ । पालिकामा कार्यरत १० कर्मचारीको दुई दिनअघि स्वाब संकलन गरिएकोमा एकजना कर्मचारीमा कोरोना देखिएको हो ।

नियमित कार्यालय आउने र बैठकमा समेत सहभागी भएका उनमा कोरोना पोजिटिभ देखिएसँगै उपमहानगरपालिका कार्यालयमा डिस्इन्फेक्टिङ गरिएको छ । संक्रमितको कन्ट्याकमा रहेका व्यक्तिलाई पहिलो प्राथमिकमा पीसीआर परीक्षण गर्ने र बाँकी सम्भावित जोखिमपूर्ण क्षेत्रमा र्यान्डम टेस्ट गर्ने तयारी गरिएको छ ।

कोरोना पोजिटिभ केश देखिन थालेपनि प्रशासनले भने कडिकडाउन नगर्ने जानकारी दिएको छ । कडाइ गर्दा जनजीवन अस्तव्यवस्त हुने भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले सजग ने बनाउनुपर्नेमा जोड दिए ।

सुनसरीको धरान, इनरुवा र मोरंगको विराटनगर महानगरपालिकाले समुदाय स्तरमै कोरोना संक्रमित भेटिएपछि आंशिक लकडाउन गर्न थालेका छन् । ती सबै सहरको बीचमा रहेको इटहरीमा कोरोना संक्रमणको जोखिम उच्च छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome