आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

बाढी पहिरोको विपद् व्यवस्थापनका लागि प्रधानमन्‍त्रीको अध्यक्षतामा विशेष बैठक

३ असार, २०७८ ०८:०३ मा प्रकाशित

459 पटक पढिएको

prime minister of nepal kp sharma oli

काठमाडौं – केही दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोको विपद् व्यवस्थापनबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्‍ने बैठकमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यको सहभागिता रहनेछ। बाढी पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति भएपछि प्रधानमन्त्री ओलीले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको तयारी र रणनीतिबारे छलफल गर्न बैठक बोलाएका हुन्।

बुधबार बिहान गृहमन्त्री अध्यक्ष रहने विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome