शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

१६ वर्षपछि रियल मड्रिड छाड्दै कप्तान सर्जियो रामोस

३ असार, २०७८ ०८:३५ मा प्रकाशित

568 पटक पढिएको

sergio ramos

काठमाडौं – रियल मड्रिडका कप्तान सर्जियो रामोसले डेढ दशकपछि स्पानिस क्लब छाड्दै छन् । रियलले बुधबार डिफेण्डर रामोसले क्लब छोड्न लागेको पुष्टि गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै रामोसको बिदाइ गर्नेसमेत रियलले जनाएको छ । त्यसपछि रामोस भर्चुअल कन्फरेन्समा उपस्थित हुनेछन् । सेन्टर ब्याक रामोसको रियलसँगको समझौता यही जुनको अन्त्यमा सकिँदैछ । र त्यसको २ साताअघि उनले क्लबले छाड्न लागेका हुन् ।

सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका रामोसले त्यहाँ १६ वर्ष बिताए । रामोसले रियलका लागि ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् भने ४० असिस्ट समेत गरेका छन् ।

यस्तै उनले ५ पटक ला लिगा र ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । साथै २ पटक कोपा डेल रे, क्लब विश्वकप र स्पेनिस सुपर कप ४-४ पटक र यूईएफए सुपर कप ३ पटक जितेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome