बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

व्यापारीमा कोरोना देखिएपछि बेलकामा समुदायस्तरमै फैलिएको आंशका

१५ श्रावण, २०७७ १७:२७ मा प्रकाशित

326 पटक पढिएको

belaka municipality

उदयपुर – उदयपुरको बेलका नगरपालिकामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बिहीबार बेलका नगरपालिका ९ का ३५ वर्षीया महिला र २० वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो ।

दुबैजना व्यापारी हुन् । महिला कपडा व्यापारी हुन भने पुरुष होटल सञ्चालक हुन् । व्यापारीमा कोरोना देखिएपछि त्यस क्षेत्रमा कोरोना समुदायस्तरमा नै फैलिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

उनका अनुसार केही दिनअघि एकै परिवारका चारसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने आंशका गरिरएको थियो।

उनले भने, ‘शुक्रबारदेखि मास्क अनिवार्य गरिने छ। अटेर गरे दण्डित गर्ने गरी सुरक्षाकर्मीलाई निर्देशन गरिसकिएको छ ।’ कोरोनाको इपिसेन्टर बनेको त्रियुगा नगरपालिका क्षेत्र पछिल्लो समय नियन्त्रणमा आएसँगै बेलका नगर क्षेत्रमा कोरोना फैलिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए ।

उनले समुदायस्तरमा नै कोरोना फैलिसकेकाले नियन्त्रणमा केही कठिनाई भएको बताए । योसँगै जिल्लामा संक्रमितको संख्या ८७ जना पुगेको छ । त्यसमध्ये २२ जना महिला र ६५ जना पुरुष रहेको सुवेदीले बताए । पोजिटिभ देखिएकामध्ये सबैभन्दा बढी त्रियुगा नपामा ३७ जना पुरुष, १३ जना महिला गरी ५० जना, बेलकामा ५ महिलासहित २४ जना, कटारीमा ७, चौदण्डीमा नपामा १, ताप्लि गाउँपालिकामा ३ र उदयपुरगढी गापामा २ रहेका छन् ।

कार्यालयका अनुसार हालसम्म एक हजार २ सय ९९ महिलासहित ५ हजार १ सय १३ जनाको पिसिआर टेष्ट गरिएको छ । त्यसमध्ये ४ हजार ७ सय ११ जनाको रिर्पोट आईसकेको छ । त्यस्तै ८ सय ८ जनाको आरडीटी गरिसकिएको छ

तथ्यांकअनुसार स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा १२ महिलासहित १ सय ११ जना रहेका छन् भने १८ महिलासहित ४ सय ७२ जना होमक्वारेन्टाइनमा छन् । एक साताअघि अचानक कोरोना थपिएपछि स्थानीय प्रशासन र बेलका नपाले अनिश्चितकालका लागि नगरपालिकको रामपुर बजार बन्द गराउनुको साथै बजार एरिया सिल गरेको प्रजिअ पाण्डेले बताए । प्रजिअ पाण्डेले सङ्क्रमित ब्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome