शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बाढीपीडितको उद्धारमा जुट्न सरकारसँग विपक्षी पाँच दलको माग

३ असार, २०७८ १६:०९ मा प्रकाशित

667 पटक पढिएको

singhadarbar

काठमाडौं – बाढी, पहिरो र डुबानमा परेका नागरिकको उद्धार र राहतमा जुट्न विपक्षी पाँच दललले सरकारलाई आग्रह गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सरकारसँग माग गरेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन्।

विज्ञप्तिमा बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरिएको छ।

‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं।’

साथै राहत तथा उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थालाई समेत आह्वान गरेका छन्। ‘यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्‍याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं’, विज्ञप्तिमा थप भनिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome