सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

बाढीले प्युठानमा निर्माणाधीन पुल क्षतिग्रस्त

३ असार, २०७८ १६:१४ मा प्रकाशित

566 पटक पढिएको

concrete bridge collapses in pyuthan

प्यूठान – प्यूठानमा बन्दै गरेको पक्कीपुल क्षतिग्रस्त भएको छ । जिल्लाको माझिदमार र अर्घाखाँचीको च्याउरेखोला जोड्ने झिमरुक नदीमा निर्माणधिन पुल भत्किएको हो । झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन् ।

बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भइ भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी गराए । उनका अनुसार उक्त पुल चार दिनअघि ढलान गरिएको थियो ।

३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको समेत उनले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको थियो । चालु आर्थिक वर्षको असार २८ गतेभित्र पुल निर्माणको म्याद सकिदै छ । अमर कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । पुल भत्किएपछि यस क्षेत्रका स्थानीय निराश बनेका छन् ।

संघीय सरकारबाट विनियोजित सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाइ र ७० मिटर लम्बाइ पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome