शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

गोरखाको हिमालपारिका गाउँमा हेलिकोप्टर चार्टर गरेर स्वास्थ्य उपकरण

३ असार, २०७८ १६:१८ मा प्रकाशित

622 पटक पढिएको

medical equipments in helicopter

गोरखा – गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा एक सामाजिक संस्थाले हेलिकोप्टर चार्टर गरेर कोभिड १९ रोकथाम तथा नियन्त्रणका उपकरणहरु लगेको छ । किमोलुङ फाउण्डेशनले गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई प्रदान गर्ने गरी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर, पिपिई, माक्स, सेनिटाइजर, ग्लोब्स सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरी लगेको हो ।

प्रतिकुल मौसमका बाबजुद पनि चुमनुब्री ३ फिलिममा सो सामग्री पुर्‍याइएको फाउण्डेशनका प्रमुख वाङचुक राप्तेन लामाले जानकारी दिए । उनले सो सामग्री बिहीबार गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् । गाउँपालिकाले सातवटा वडाका सबै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री प्रदान गर्ने उनले बताए ।

सदरमुकामबाट ३० कोशदेखि ५२ कोशसम्म टाढा रहेका यी ठाउँहरुमा सडक सञ्जालको पहुँच नभएकाले स्वास्थ्य सामग्री तथा उपकरणहरु पुगेका थिएनन् । प्रतिकूल मौसमका बाबजुद पनि कोभिड १९ बाट बच्न मद्दत गर्ने सामग्री दुर्गम गाउँहरुमा ल्याएकोमा गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले किमोलुङ फाउण्डेशनलाई धन्यवाद दिएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome