मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

थप २,६०७ जनामा कोरोना पुष्टि, ३९ जनाको मृत्यु, २,१४१ डिस्चार्ज

३ असार, २०७८ १७:२७ मा प्रकाशित

749 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १४१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ५ लाख ४५ हजार ६६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ६१ हजार ७२५ जना संक्रिय संक्रमित छन् । ४ हजार १९४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ५७ हजार ५३१ जना होम आइशोलेसनमा रहेका छन् । ९१६ जना आईसियुमा २४९ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome