शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

एरिक्सनको शरीरमा हर्ट स्टार्टिङ डिभाइस राखिने

४ असार, २०७८ ०८:०२ मा प्रकाशित

589 पटक पढिएको

christian eriksen to have heart starting device planted

काठमाडौं – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनको शरीरमा हर्ट स्टार्टिङ डिभाइस राखिने भएको छ । युरोकप २०२० अन्तर्गत फिनल्याण्ड विरुद्धको खेलमा एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए । पछि उनलाई हृदयघात भएको पुष्टि भएको थियो ।

डेनमार्क टोलीका डक्टर मोर्टेन बोएसेनले एरिसक्सनको मुटुको गति तलमाथि भएकोले त्यसलाई नियन्त्रण गर्न इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आईसीडी) जडान गरिने बताएको डेनिस फुटबल संघले स्टेटमेन्टमार्फत जनाएको छ ।

‘क्रिस्टियनको मुटुको विभिन्न परीक्षणहरू पार गरिसकेपछि उनलाई आईसीडी (हर्ट स्टार्टर) लगाउने निर्णय गरिएको छ । यो उपकरण मुटुको ताल गडबडीको कारण हृदयघात भएपछि आवश्यक छ’ मोर्टेन बोसेनले बिहीबार भने ।

‘एरिक्सनले समाधान स्वीकारेको छ र यस योजनाको पुष्टि राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरु द्वारा गरिएको छ जसले समान उपचारको सिफारिस गर्छन् । हामी सबैजनालाई क्रिस्टियन र उसको परिवारलाई शान्ति र गोपनीयता दिन हौसला दिन्छौं ।’

२९ वर्षीय मिडफिल्डर शनिबार घरेलु मैदानमा भएको फिनल्याण्ड विरुद्धको खेल थ्रो बाट आएको बल लिने क्रममा ४३औं मिनेटमा पिचमा ढलेका थिए । उनलाई मैदानमा सीपीआर दिइएको थियो । केही समयपछि उनको चेतना आएको थियो र हस्पिटल लगिएको थियो । जहाँ डाक्टरहरूले उनको हृद्यघातको कारण पत्ता लगाउन काम गरिरहे ।

एरिक्सन आफू ठिक रहेको भन्दै बुधबार सामाजिक संजाल इन्स्टाग्राममा फोटो पोस्ट गरेका थिए । उनी अहिले हस्पिटलमै छन् र त्यहाँको अवस्था अनुसार ठिक रहेको बीबीसीले जनाएको छ ।

नेदरल्याण्ड तथा अयाक्समा डिफेण्डर डेली ब्लाइन्डले सन् २०१९ मा मुटुको उपचारपछि आईसीडी जडान गरेका थिए र उनी २०२० फेब्रुअरीमा मैदान फर्केका थिए ।

३१ वर्षीय ब्लाइण्ड हाल युरोकप मा नेदरल्याण्ड्सको टिममा छन् । युक्रेन विरुद्ध पहिलो खेल ३-२ ले जित्दा उनले खेलेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome