बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

नक्कली स्यानिटाइजर उत्पादक प्याकुरेल जेल चलान

४ असार, २०७८ ०८:०८ मा प्रकाशित

870 पटक पढिएको

domestic violence culprit

काठमाडौं – नक्कली सेनिटाइजर उत्पादन फ्याक्ट्री सन्चालक आशिष् प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । प्याकुरेललाइ ललितपुर जिल्ला अदालत्ले आज भएको थुनछेक बहसबाट पुर्पक्षका लागि जेल चलान गरेको हो ।

अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखानामा प्रहरीले छापा मारेको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको थियो।

त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको थियो ।

स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा विक्रि, वितरण भईरहेको सुचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलिले छापा मारिएको थियो ।

उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाईएको जानकारी महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले कारखानाबाट ३० हजार लिटर सेनिटाइजर बरामद गरेको थियो।

काठमाडौको त्रीपुरेश्वर स्थित लाइफ लाइन सर्जिल प्रा. लि. नामको कम्पनि चलाउदै आएका सन्चालक आशिष् प्याकुरेल श्रीमतीलाइ बलात्कार गरेको आरोपमा २ महिना पुर्पक्षका लागि जेल बसेर केही महिना अघि मात्र छुटेका थिए।

श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome