आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

आधिकारिकताको दाबीसहित यादव पक्षको जसपाले बुझायो आयोगलाई पत्र

४ असार, २०७८ १७:३६ मा प्रकाशित

468 पटक पढिएको

upendra yadav

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूह पार्टीको वैधानिकता दावीसहित पत्र निर्वाचनमा आयोगमा पेश गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को अनुसार आफूहरु नै जनता समाजवादी पार्टीको आधिकारिक भएको दाबीसहित पत्र पेश गरेका हुन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो।

यसअघि जेठ १७ गते पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो। सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए। दुबै पक्षले जसपा आधिकारिकता दाबी गरे पनि एकअर्कालाई गरेको कारवाही भने आयोगले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको थियो।

जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच विवाद चुलिदै गएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome