बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

लुम्बिनीमा बजेटमाथिको छलफल विपक्षीद्वारा बहिष्कार

६ असार, २०७८ १६:३९ मा प्रकाशित

375 पटक पढिएको

lumbini province assembly hall

बुटवल – लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेशसभा बैठक बहिष्कार गरेको छ । अल्पमतले ल्याएको बजेट छलफल आवश्यक नभएको भन्दै विपक्षीले बहिष्कार गरेका हुन्।

लुम्बिनीमा सरकारको वैधतामाथि विपक्षीले प्रश्न उठाएका हुन् । विपक्षीले बहिष्कार गरेपछि प्रदेशसभा बैठक केही समयका लागि लागि स्थगित भएको छ ।

प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए ।

उनले पहिले सरकारले आफ्नो वैधानिकता प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome