बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

पर्सामा बजार खोल्नेगरी थप एक साता निषेधाज्ञा

६ असार, २०७८ १६:४७ मा प्रकाशित

213 पटक पढिएको

birgunj market

वीरगन्ज – पर्सामा जारी निषेधाज्ञा पसल तथा बजार खोल्न दिने गरी असार १३ गते सम्मका लागि थप गरिएको छ । आइतबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म पसल तथा बजार खोल्न दिने गरी निषेधाज्ञा असार१३ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

यसअघि पछिल्लो पटक जेठ ३१ देखि असार६ गते सम्मका लागि थपिएको निषेधाज्ञामा भने मध्यान्ह १२ बजे सम्म खाद्यान्न र कृषिजन्य पसलहरु मात्र खोल्न दिइएको थियो ।

तर असार ७ देखि १३ सम्म थप एक साताका लाथि थपिएको निषेधाज्ञामा भने बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म सबै किसिमका पसल र बजार खोल्न दिने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

यसका साथै डिसिसिएमसीको बैठकले जिल्लामा रहेका सबै सरकारी, सार्वजनिक र नीजि कार्यालय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर र स्थानीय तह अनुसार आलोपालो मिलाइ भीडभाड नहुने गरी असार७ गते देखि खोल्न दिने निर्णय पनि गरेको छ ।

बैठकले सार्वजनिक यातयातका सवारीसाधन भने संचालन गर्न नपाइने तथा निजी मोटरसाइकल भने चल्न दिने निर्णय गरेको छ । असार१३ गते सम्म विद्यालय , क्याम्पस , ट्युसन , कोचिङ सेन्टर , होटल , लज , रेष्टुरेण्ट ,पार्टी प्यालेस ,सिनेमा हल , सैलून , जिमखाना , ब्युटि पार्लर , सपिङ मलका साथै गोष्ठी , सेमीनार , तालिम , सम्मेलन ,सभा संचालनमा नआउने निर्णय गरिएको पनि प्रजिअ घिमिरेले जानकारी दिए ।

विकास निर्माण र आयोजनाका कामहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी गर्न गराउन पाइने उनले जानकारी दिए । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।

पछिल्लो पटक जेठ ३० गते बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा असार६ गते आइतबार राति १२ बजे सम्मका लागि थपेको थियो । संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा उपयोगी देखिएको र संक्रमण दर पनि घट्दै गएकाले केहि परिमार्जनसहित असार१३ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

दोस्रो लहरमा पनि कोरोना संक्रमणको हटस्पट बनेको पर्सा जिल्ला ,कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएर अवस्था सुधार हुँदै गएको छ ।

वैशाख अन्तिम सातादेखि निरन्तर घट्दै गएको संक्रमण दर असार पहिलो सातामा ७ प्रतिशतमा झरेको छ ।

दोस्रो लहर सुरु भएपछि वीरगन्जमा वैशाख दोस्रो र तेस्रो सातातिर संक्रमण दर ह्वात्तै बढेर ७० प्रतिशतभन्दा माथि पुगेको थियो । वैशाख १६ गते देखि लगाइएको निषेधाज्ञाका कारण संक्रमणको चेन ब्रेक भएर संक्रमण दर र संक्रमितको संख्या घट्दै गएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome