मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ५४८ सहित देशभर थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ जनाको मृत्यु, ३,४५६ डिस्चार्ज

६ असार, २०७८ १७:११ मा प्रकाशित

472 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जनासहित देशभर थप २ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४५० जना,ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जना गरी काठमाडौं उपत्यकामा ५४८ जना नयाँ संक्रमित थपिएका हुन्। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ४७ हजार ६५१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४५६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ५ लाख ५६ हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ५५ हजार ५३२ जना संक्रिय संक्रमित छन् । ३ हजार ६९९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ५१ हजार ८३३ जना होम आइशोलेसनमा रहेका छन् । ८७१ जना आईसियुमा २५० जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५१ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ रहेको छ।

४२ जिल्लामा ५०० सय भन्दा बढी संक्रमित रहेका छन् । सबैभन्दा बढी संक्रमित हुने जिल्लाहरुमा काठमाडौं, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुन्सरी र काभ्रेपलाञ्चोक रहेका छन् ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण नियन्त्रित देखिएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा केही हदसम्म खुकुलो बनाउँदै लगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome