मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

फ्रान्स र हंगेरीको बराबरी, जर्मनीको शान्दार जित

६ असार, २०७८ १९:५० मा प्रकाशित

703 पटक पढिएको

germany vs portugal

काठमाडौं – युरोकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार साँझ फान्सले हंगेरीसँग अंक बाँडेको छ।

हंगेरीको घरेलु मैदान बुडापेस्टमा भएको खेलको पहिलो हाफमा १-० ले पछाडि परेको फ्रासले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो।

हंगेरीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता लिएको थियो। घरेलु मैदानमा हंगेरीका एटिला फिओलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बल आफ्नो पकडमा राखेको फ्रान्सले गोल गर्न नसकेको फाइदा हंगेरीले उठाएको थियो। दोस्रो हाफको ६६ औं मिनेटमा एम्बाप्पेको पासमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन्।

खेल अवधिभर मैदानमा फ्रान्सको पकड देखिए पनि बराबरीमा चित्त बुझाउन बाध्य भएको हो।

शनिबारको खेल बराबरीमा सकिएसँगै समूह ‘एफ’ को फ्रान्सले चार अंक जोडेको छ। दुई खेल खेलेको फ्रान्स चार अंकसहित शीर्ष स्थानमा छ। पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको थियो।

शनिबार फ्रान्ससँग बराबरी खेलेको हंगेरीले एक अंक जोडेको छ। पहिलो खेलमा हंगरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो।

स्पेन १-१ पोल्यान्ड

त्यसैगरी हिजै भएको समुह ‘ई’ को खेलमा स्पेन र पोल्यान्डले १-१ को बराबरी खेलेका छन् । स्पेनका लागी अल्भारो मोराटाले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । सुरुमा अफसाइड भनिएपनी पछी भिएआरको सहायताले उक्त गोलले मान्यता पायो । पोल्यान्डका लागी रोबर्ट लेवान्डोस्कीले खेलको ५४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै स्पेन २ खेलबाट २ अंक जोड्दै समुह ‘ई’ को तेस्रो स्थानमा छ भने पोल्यान्ड दुइ खेलबाट १ अंक बटुल्दै समुहको अन्तिम स्थानमा छ ।

पोर्चुगल २-४ जर्मनी

त्यसैगरी हिजै भएको समुह ‘एफ’ को अर्को खेलमा जर्मनीले पोर्चुगल विरुद्ध ४-२ को जित हात पारेको छ । पोर्चुगलका लागी खेलको १५ औँ मिनेटमा स्टार खेलाडी क्रीस्टियानो रोनल्डोले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । जवाफमा आक्रामक खेल खेल्दै जर्मनीले ३५ औँ मिनेटमा रुबेन डियासको आत्मघाती गोलसँगै खेललाई बराबरीमा ल्यायो । ३९ औँ मिनेटमा पुन: पोर्चुगलका रफाएल गुरेरोले आत्मघाती गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपछी खेल जर्मनीको पक्षमा गयो ।

जर्मनीका लागी ५१ औँ मिनेटमा काइ हाभर्ट्ज र ६० औँ मिनेटमा गोसेन्सले गोल गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याए ।

पोर्चुगलका लागी दोश्रो सान्त्वना गोल डिएगो जोटाले खेलको ६७ औँ मिनेटमा गरे ।

जितसँगै जर्मनी र पोर्चुगलको २ खेलबाट समान ३ अंक छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome