आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

नेपाल प्रहरीका १५ एसएसपी र १६ डीआईजीको सरुवा

८ असार, २०७८ ०८:१२ मा प्रकाशित

568 पटक पढिएको

nepal police

काठमाडौं – नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । सोमबार गृहमन्त्री खगराज अधिकारीले जनपद प्रहरी समूह तर्फका डिआईजीको सरुवा गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

मन्त्रालयका अनुसार प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी वसन्तकुमार पन्त र घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ। यसैगरी केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई पठाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उत्तरराज सुवेदी र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सहकुलबहादुर थापालाई सरुवा गरिएको छ।

त्यसैगरी नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा गरिएको छ। सोमबार गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को शुक्रबारको निर्णयानुसार ७ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फका एसएसपीको सरुवा गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

गृहमन्त्रालयका जारी सूचनाअनुसार मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज, जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुर, गोविन्दकुमार साहलाई प्रदेश कार्यालय धरान, कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, दिपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ।

यसैगरी हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेषण योजना तथा विकास कार्यालय नक्साल र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome