आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका सिंहले दोहरो नागरिकता लिएको प्रमाण फेला

९ असार, २०७८ १०:५९ मा प्रकाशित

427 पटक पढिएको

rajkumar singh dual citizenship

विराटनगर – सुनसरीको धरानमा ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंहले दोहरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको छ ।

केही महिना अगाडि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सिंहले दोहरो नागरिकता लिएको पुष्टि भएपछि सप्तरी प्रहरीले करागारवाटै बयानका लागि सप्तरी ल्याउने तयारी गरेको हो ।

उनी अहिले सुनसरीको झुम्का कारागारमा पूर्वपक्षको लागि रहेका छन् । भारतमा गएर सप्तरी प्रहरीले भारतीय नागरिक भएको प्रमाण संकल्न गरेपछि बयानका लागि ल्याउन लागेको हो ।

प्रहरीका प्रमुख राजेन्द्रप्रसाद धमलाले दोहरो नागरिकता सम्बन्धी अनुसन्धान अन्तिम चरणमा रहेको जानकारी दिए । कोभिडले गर्दा सिंहलाई ल्याउन नसेको प्रहरी प्रमुख धमलाले बताए । भारतबाट भारतीय नागरिक भएको सवै प्रमाण संकलन भइसकेको उनको भनाइ छ ।

मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतमा नै गरेर ल्याएको बताइएको छ । सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको पाइएको हो ।

सप्तरी प्रहरी स्रोत अनुसार दोहोरो नागरिकताको छानबिन गर्न एक टोली विरपुर थाना पुगेको थियो । विरपुर थानका एस एच ओ (सिनियर हाउस अफिसर) राजेशकुमार मण्डलले भिमनगरस्थित रहेको थानाका सव इन्सेपेक्टर शत्रुधनप्रसाद साहको नेतृत्वमा गएको टोलीले उनको गाउँमा पुगेर सोधपुछ गरेको थियो। सप्तरी प्रहरी सई जयप्रकाश साहको नेतृत्वमा सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन वीरपुर पुगेको थियो । भारतमा रहेको घरमा सोधपुछको क्रममा सिंहकी पहिलो श्रीमती कान्ती साहसँग समेत सोधपुछ गरिएको बताइएको छ। सोधपुछको क्रममा साह स्वर्गीय रामबालक सिंहको चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिक भएको सबै प्रमाण भेटिएको हो ।

सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमी नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरी भारतीय प्रहरीसँग सहयोग मागेको थियो । इलाका प्रहरी कार्यालय धरानले बा १५ च ९०८८ नम्बरको स्कारपियोमा रहेका बेला सिंहलाई ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

बिहारको भीमनगरका स्थायी बासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए। उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रवेश गरेको हो। उनको नाममा त्यहाँ ३२०८२९७२१८५६ को आधार कार्डसमेत जारी रहेको छ। त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ।

पक्राउ परेका सिंहको साथबाट बरामद् भएको उनको सवारीचालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो । नेपाली नागरिकता नम्बर २÷०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमो २/०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो। सवारीचालक अनुमति पत्रमा ठेगाना तात्कालीन पकरी गाविस २ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एकजना पनि नरहेको स्थानीयको भनाइ छ।

ब्राउन सुगरसहित पक्राउ गरिएका तथा सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकताधारी राजकुमार सिंह बिहारको सुपौल जिल्ला अन्तर्गत वसन्तपुर प्रखण्डको भिमनगर पञ्चायतका बासिन्दा रहेको प्रहरीले प्रमाण सप्तरी प्रहरीले भेटेको छ ।

बिहारको भिमनगरमा स्थायी बासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए। उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रवेश गरेका हुन्। नेपाल आएपछि उनले किर्ते नेपाली नागरिकता मात्र बनाएनन्। नेपालमै विवाहसमेत गरेका छन्। उनको यो दोस्रो विवाह हो।

भण्डावारीका कांग्रेस नेतृ तारा पौडेलको छोरी रन्जु पौडेलसँग दोस्रो विवाह गरेका सिंह पछिल्लो समय सुनसरीको इनरुवालाई पछिल्लो पटक कर्मभूमी बनाएर बसेका हुन् । रन्जुसँग विवाह गरेपछि उनले पहिलो श्रीमतीलाई अलपत्र छोडेका छन्।

सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता बनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोले पनि अन्य प्रतिबन्धित व्यवसायसमेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन्। उनले विभिन्न प्रतिबन्धित व्यवसाय गर्दे नेपालमा करौडौको सम्पति नेपालमा जोडेको समेत खुलेको छ।

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले उनको नागरिकता शंका लागेर सप्तरी प्रहरीलाई नागरिकताको धानबिन गर्न जानकारी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ। उनको नागरिकतामा सप्तरीको तात्कालीन पकरी गाविस–२ भनेर ठेगाना देखिएपछि त्यसबारे खोजी थाल्दा सिंहको नागरिकता नै किर्ते रहेको रहस्य उजागर भएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome