बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

पहिरोले घर पुरिँदा रोल्पामा एकैघरका तीन जनाको मृत्यु

९ असार, २०७८ १८:१७ मा प्रकाशित

362 पटक पढिएको

landslide in nepal

रोल्पा – रोल्पा नगरपालिका-९ ह्वामाको ढाम्पामा गएराति पहिरोले एक घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा कति बुढामगर, १८ वर्षीया बुहारी सुशिला बुढामगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जनाए।

पहिरोले पुरिएको घरभित्र फसेका तीनैजनाको उद्दार गरिएको छ। जिल्ला प्रहरी प्रमुख सुवेदीकाअनुसार ६ जना सुतेकामध्ये घरधनी टिकासिंहसहित बालक शक्तिमानलाई हेलिकप्टरबाट उपचारका लागि बुटवल लैजाने तयारी गरिएको छ।

सदरमुकाम लिबाङबाट २० किलोमिटर दुर्गममा घटना भएको हो। घटनाको जानकारी लगत्तै प्रनाउ सुवेदीसहितको प्रहरी टोली बिहान चार बजे घटनास्थल हिडेको हो। ‘पैदल हिँडेर घटनास्थल पुगेर घाइतेलाई प्राथमिक उपचार गरेका छौँ। थप उपचारका लागि हेलिकप्टर मगाएका छौं।’ प्रनाउ सुवेदीले भने वर्षातका कारण ग्रामीण सडक अवरुद्ध भएकाले घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट पठाउने चाजोपाँजो मिलाइएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome