शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

स्पेन र स्विडेनसहित फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा

१० असार, २०७८ ०६:१२ मा प्रकाशित

790 पटक पढिएको

france vs portugal

काठमाडौं – युरो कप २०२० अन्तर्गत हिजो राती भएको समुह चरणको अन्तिम खेल पश्चात स्पेन र स्विडेनसहित ग्रुप अफ डेथमा रहेका फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।

हिजो भएको समुह ‘ई’ को खेलमा स्विडेनले पोल्याण्ड विरुद्द खेलको अन्तिम समयमा गोल गर्दै ३-२ को जित हात पार्‍यो । स्विडेनका लागी खेलको दोश्रो र ५९ औँ मिनेटमा फोस्बर्गले गोल गरेकाअ थिए भने जवाफमा खेलको ६१ औँ र ८४ औँ म गोल गर्दै पोल्याण्डका रोबर्ट लेवन्डोस्कीले खेल बराबरीको स्थितिमा ल्याईपुर्‍याए । तर खेलको ९३ औँ मिनेटमा गोल गर्दै क्लेसनले स्विडेनको पक्षमा जित दर्ता गराउँदै पोल्याण्डलाई युरोकपबाट बाहिर पुर्‍याए । जितसँगै स्विडेन ३ खेलबाट ७ अंक सहित समुह ‘ई’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्लोभाकिया ० -५ स्पेन

हिजै भएको समुह ‘ई’ को अर्को खेलामाअ स्लोभाकिय विरुद्द ५-० को नतिजा निकाल्दै स्पेन जरी युरो कपमा पहिलो जित दर्ता गर्न सफल भएको छ । खेलको १२ औँ मिनेटमा पेनाल्टी मार्फत खेलमा अग्रता लिने मौका पाएपनी स्पेनका अल्भारो मोराटाको पेनाल्टी स्लोभाकियाका गोलरक्षक मार्टिन डबराभ्काले सजिलै बचाउ गरेपछी उक्त अवसर खेर गएको थियो । स्पेनका लागी स्लोभाकियाका गोलरक्षक डबराभ्काले नै ३० औँ मिनेटमा आत्मघाती गोल गर्दै गोलको खाता खोलिदिए ।

पहिलो हाफको इन्ज्युरी टाईममा लापोर्तेले स्पेनका लागी दोश्रो गोल गरे । त्यसैगरी ५६ औँ मिनेटमा सराबिया र ६७ औँ मिनेटमा टोरेसले गोल गर्दै खेल ४-० को अन्तरमा पुर्‍याए । ७१ औँ मिनेटमा आत्मघाती गोल गर्दै स्लोभाकियाक मिडफिल्डर कुकाले खेललाई ५-० बनाए । पहिलो जितसँगै ३ खेलबाट ५ अंक जोडेको स्पेन समुह ‘ई’ को उपविजेता बन्दै अन्तिम १६ म प्रवेश गरेको छ ।

जर्मनी २-२ हंगेरी

त्यसैगरी हिजै भएको समुह ‘एफ’ को दुबै खेल २-२ को बराबरीमा टुङ्गिएको छ । पहिलो खेलमा जर्मनी र हंगेरीले २-२ को बराबरी खेले भने दोश्रो खेलमा पोर्चुगल र फ्रान्सले बराबरी खेले ।

हंगेरीका जलाईले खेलको ११ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए भने जर्मनीका काइ हाभर्ट्जले ६६ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । ६८ औँ मिनेटमा हंगेरीका स्काफरले अर्को गोल गर्दै हंगेरीलाई अग्रता दिलाएपनी खेलको ८४ औँ मिनेटमा गोल गर्दै गोरेट्ज्काले जर्मनीलाई २-२ को बराबरीमा ल्याए । जितसँगै ३ खेलबाट ४ अंक सहित जर्मनी समुह ‘एफ’ को उपविजेता बन्दै युरो कप २०२० को अन्तिम १६ म प्रवेश गरेको छ ।

पोर्चुगल २-२ फ्रान्स

पोर्चुगलका लागी ३० औँ र ६० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै क्रीष्टियानो रोनाल्डोले टोलिका लागी २ गोल गर्ता गरे भने फ्रान्सआ लागी पहिलो हाफको इन्ज्युरी टाइममा पेनाल्टी मार्फत गोल गरेकाअ बेन्जिमाले पुन: दोश्रो हाफको शुरुवातमै दोश्रो गोल गर्न भ्याएका थिए ।

जितसँगै ३ खेलबाट ५ अंक जोडेको फ्रान्स समुह विजेता र पोर्चुगल उत्कृष्ट तेश्रो टोली बन्दै अन्तिम १६ म प्रवेश गरेका छन् ।

अन्तिम १६ को खेल तालिका यस्तो छ ।

Saturday

Wales v Denmark – Amsterdam, 17:00 (BBC)

Italy v Austria – Wembley, 20:00

Sunday

Netherlands v Czech Republic – Budapest, 17:00

Belgium v Portugal – Seville, 20:00

Monday

Croatia v Spain – Copenhagen, 17:00

France v Switzerland – Bucharest, 20:00

Tuesday

England v Germany – Wembley, 17:00 (BBC)

Sweden v Ukraine – Glasgow, 20:00


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome