शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर

१० असार, २०७८ १८:२५ मा प्रकाशित

728 पटक पढिएको

prime minister of nepal kp sharma oli

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई, गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

सँगै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मन्त्री बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायातसँगै कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी लीलानाथ श्रेष्ठलाई काकानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome