बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

जोखिम हेरेर फेरि लकडाउन हुने तर देशभर नभई निश्चित स्थानमा मात्र

१६ श्रावण, २०७७ ०७:५२ मा प्रकाशित

227 Views पटक पढिएको

lekhraj bhatta

काठमाडौं – देशमा फेरि लकडाउन हुने भएको छ । तर, अबको लकडाउन देशभर नभएर कोरोना भाइरसको संक्रमण फैलिएको निश्चित स्थानलाई शिल्ड गरी लगाइने भएको हो ।

आपूर्तिमन्त्री लेखराज भट्टले जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइनेछ । उनले भने, ‘कोरोना भाइरसको जोखिम भएको स्थानमा निषेधाज्ञा जारी गर्ने तय भएको छ ।’

सरकारले ७ साउनसम्म लगाएको लकडाउन अन्त घोषणा गरेपनि संक्रमण फैलन थालेको थियो । यसलाई दृष्टिगत गरी कोरोना भाइरस बढी फैलिएको स्थानहरुमा लकडाउन गर्ने तयारी गरेको हो ।

देशका विभिन्न भागमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले रोकथामका लागि निश्चित स्थानमा निश्चित समयसम्म लकडाउने गर्ने नीति बनाएको हो । यसको कार्यान्वयन आवश्यकता अनुसार तत्काल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome